खबरब्रेकिंग,रामेछाप, साउन ७ गते । नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत पुनः नेकपा एमालेमै फर्किएका छन । आइतवार एक कार्यक्रमका बीच बस्नेतसहितका नेता एमालेमै फर्किएका हुन । बस्नेतलाई एमाले महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराए ।
नेकपा एकीकृत समाजवादीले राम्रो गर्ला कि भनेर उता लागेको तर पार्टीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसको पछि लाग्नुबाहेक अरू केही गर्न नसकेको र एमालेलाई नै समाप्त गर्न लागिपरेकाले आफू एमालेमै फर्किएको बस्नेतको भनाइ छ । उनले आफू एमालेमा कुनै भाग लिन नभई पार्टीको सेवा गर्न फर्किएको जिकिर गरे । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका उपाध्यक्ष केशव दाहालसहितका नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend