खबरब्रेकिंग, काठमाडौं साउन ६ गते । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमण नेपालका हितमा भन्दा पनि भारतको इच्छा पुरागरिदिने कडी बनेको बताएका छन । प्रेस चौतारी नेपाल बाराले सिमरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन । मधेशको समृद्धि एमालेबाट मात्रै सम्भव रहेको उनले बताए । उनले मधेश समृद्ध नभएसम्म देशको मुहार नफेरिने बताए ।
‘मधेशमा लामो समय नेपाली कांग्रेसले र २०६४ यता मधेश केन्दित दलहरूले राज गरिरहे पनि विकास, स्वास्थ्य र शिक्षाको आवस्था विकट जिल्ला कर्णालीको भन्दा पनि कमजोर पारिएको छ । यो मधेशका लागि दुस्खदायी विषय हो,’ उनले भने ।
एमालेको स्कुल विभाग प्रमुखसमेत रहेका पूर्वमन्त्री ज्ञवालीले पछिल्लो राजनैतिक घटनाक्रम र सरकार सञ्चलनप्रति इङ्तित गर्दै वर्तमान् सरकार देश र जनताका पक्षमा नभई विदेशीको हितमा काम गरिरहेको आरोप लगाए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend