खबरब्रेकिंग, काठमाडौं साउन ३ गते । नेपालका ख्याती प्राप्त सरोदवादक पं. सुदर्शन राजोपाध्यायलाई भारतको बनारस हिन्दु बिश्वबिद्यालयमा हुने कार्यक्रममा आयोजक संस्थाले बिशेष अतिथिको रुपमा आमन्त्रित गरेको छ । बनारस हिन्दु बिश्वबिद्यालयमा जुलाई २९/ ३० मा काझीधाम अन्तर्राष्ट्रिय नृत्य, संगीत प्रतियोगिता हुन गइरहेको छ । बिशेष अतिथिका साथै राजोपाध्यायलाई कार्यक्रममा निर्णायक मण्डलमा समेत राखिने भएको छ । कार्यक्रमको आयोजक ताथै डान्स एकेडेमी रहेको छ । राजोपाध्याय सहित निर्णायक मण्डलमा पाँच जना छनोट भएका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend