सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

निक्षेप संकलन गरि आर्थिक हिनाबिना गर्नेहरु बढे, नागरिक पिडित

निक्षेप संकलन गरि आर्थिक हिनाबिना गर्नेहरु बढे, नागरिक पिडित

भक्त के सी

खबरब्रेकिंग, काठमाडौं साउन २ गते । नेपाल को ठुलो समस्या भनेको भ्रष्टाचार कुशासन, भ्रष्टाचारी सांसद,मन्त्रि , अब नागरिक चुप लागेर बस्नु हुँदैन । नेपालको यो प्रभावकारी व्यवस्थापनको समस्या हो । भ्रष्टाचार नियन्त्रण नेपालको सबैभन्दा जरुरी र अत्यावश्यक कार्य भएको छ ।भ्रष्टाचारको धारणाको धेरै व्याख्या भए पनि भ्रष्टाचार विरोधी आन्दोलन नेपालमा मुख्यतया सार्वजनिक भ्रष्टाचारसँग सरोकार राख्छ। भ्रष्टाचारले सार्वजनिक क्षेत्रप्रति हाम्रो सर्वोत्तम हितमा काम गर्ने विश्वासलाई पनि घटाउँछ। यसले महत्त्वपूर्ण सामुदायिक परियोजनाहरूको लागि कर र दरहरू बर्बाद गर्दछ। यसले गर्दा गुणस्तरहीन सेवा वा पूर्वाधार, वा परियोजनाहरू कहिल्यै जमिनबाट बाहिर आउँदैनन्।जब घूस दिने वा व्यक्तिगत सम्बन्ध बाँडफाँड गर्ने मानिसहरू (वा कम्पनीहरू) लाई कामहरू (वा अनुबंधहरू) दिइन्छ, यो प्रतिस्पर्धाको हानिमा हुन्छ। नतिजा यो हो कि अधिक योग्य उम्मेद्वारहरू र फर्महरू अस्वीकार गरिएका छन्। यस्ता अभ्यासहरू जति व्यापक हुन्छन्, अर्थतन्त्र त्यति नै प्रभावकारी बन्दै जान्छ।सामाजिक र आर्थिक कारकहरूले हामी कति राम्रो र कति लामो समय बाँच्छौं भन्ने कुरालाई असर गर्छ। सामाजिक र आर्थिक कारकहरूमा आय, शिक्षा, रोजगारी, सामुदायिक सुरक्षा र सामाजिक समर्थन जस्ता कारण समावेश छन्।
बैंकमा, बैंक कर्मचारी ठगी गर्छन । सहकारीमा कम्पनी मालिक ठगी गर्छ , वित्तीय ठगी भन्नाले कसैलाई ठग्ने वा कसैको गलत फाइदा उठाउने उद्देश्य राखि जानाजान गरिएको त्रुटीलाई जनाउँदछ । ठगीमा गलत मनसाय लिएको त्रुटि गरिन्छ भने , जसको पछाडी कसैबाट गलत फाइदा उठाउने हेतु गरिएको हुन्छ भने , र यस्तो खालको त्रुटिलाई अपराधको रूपमा हेरिन्छ। ठगी गर्ने व्यक्तिलाई कानुन बमोजिम कारवाही गरिन्छ ।राजधानीमा दैनिक आन्दोलन चर्केको छ। निक्षेप संकलन गरि आर्थिक हिनाबिना गर्नेहरु बढेकोले नागरिक पिडित छन्। ठगी, जालसाजी रोक लगाउने सजाय दिने निकाय चुप बस्नुले के जनाउछ ?
ललिता निवास प्रकरण संवैधानिक कानुनी नीतिगत राजनीतिक सामाजिक रुपमा नैतिक पतन हुने गरि देशघाती कदमगरेको पाइन्छ। २०४७ सालदेखि २०८० साल जेष्ठ मसान्त सम्म पदमा हुने प्रधानमन्त्री मन्त्री मुख्यसचिव देखि शाखाअधिकृत सम्म अख्तियार प्रमुख समेतलाई अनुसन्धानको दायरामा नल्याए सम्म भ्रष्टचारमा राजनीतिक सौदाबाजी मात्र हुनेछ भन्ने नागरिकको अड्कल छ , आमनागरिकको खबरदारीको आवश्यकता जनता न जागेसम्म केहि हुने वाला छैन। मिलेमतो माथि देखि तलसम्म छ भन्ने चर्चा छ। मिल( मिलाउन खप्पिस छन। आयोगकै प्रमुख आयुक्त भ्रष्टाचारमा मुछिनु भ्रष्टाचारको पराकाष्ठा हो ।राजनीतिक नेतृत्वले नैतिक पतन र स्खलनको पराकाष्ठा हो। सचिव पाण्डे पक्राउ पर्दा मौन कर्मचारीतन्त्रमा सञ्चार सचिव समातिदा कर्मचारी बर्गमा लाजमर्दो भएको छ। ललिता निवास बालुवाटारको १ सय १४ रोपनी सरकारी जग्गा मात्र छैन नेपालको मुख्य मुख्य सहरमा यस्ता गुटैगुटको खेलको ठुलो भू माफिया रहेको कर्मचारीहरुनै भन्ने गर्छन। वाइडबडि, सुनकाण्ड, यति काण्ड, ललिता निवास भ्रष्टाचार गर्दिनँ भनेर भाषण ठोक्नुलाई नेपाली नागरिक कसरि बुज्ने। खालि भ्रष्टाचार, राष्ट्रघात, जनघात, हिंसा आर्थिक हीनाबिना नागरिकले कैले होला
राष्ट्र बनेको देख्ने र भ्रष्टाचारि लाई न्यायलय ले सजाय सुनाउने रु निरन्तर खबरदारी संस्थागत भ्रष्टाचारलाई सीमित गर्ने एक मात्र ओखती हो । भ्रष्टाचार नियन्त्रणका लागि नेपालको संविधानको धारा २३८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संवैधानिक हैसियतको विशिष्ट निकायका रूपमा व्यवस्था गरिएको छ । भ्रष्टाचार निवारण ऐन तथा नियमावली, विशेष अदालत ऐन, सुशासन ऐन, सूचनाको हकसम्बन्धी ऐन, राजस्व अनुसन्धान ऐन, सम्पत्ति शुद्धीकरण ऐनलगायत सार्वजनिक खरिद अनुगमन ऐनजस्ता विशिष्ट कानुनी संरचना भ्रष्टाचार निवारणकै लागि निर्माण भएका छन् । तर, संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि तथा दिगो विकास लक्ष्य हासिल गर्नका लागि यति नै कानुन पर्याप्त भने हुँदैनन् । नेपालले भ्रष्टाचार रोकथामका लागि आधारभूत कठोर भन्दा कठोर कानुन निर्माण गर्नु पर्छ। अतिव्यापी र विवादित अधिकार, राजनीतिक शक्तिको आडमा र स्रोतहरूमा पहुँचको लागि संघर्षको कारणले देशमा बलियो कानुनी प्रणाली र स्वतन्त्र न्यायपालिकाको अभाव छ, जुन भ्रष्टाचारविरुद्ध लड्न आवश्यक छ। सरकार पनि भ्रष्टाचार विरोधी कानूनलाई प्रभावकारी रूपमा लागू गर्न असफल भएको छ, र भ्रष्ट अधिकारीहरू प्रायः दण्डहीन हुन्छन्। नेपालमा भ्रष्टाचार बढाउने अर्को कारक दण्डहीनताको संस्कृति हो। हामी यस्तो संसारमा जिइरहेका छौँ जहाँ अधर्म व्याप्त छ।
भनाइ छ। “यदि कुनै देश भ्रष्टाचारमुक्त र सुन्दर दिमागको राष्ट्र बन्ने हो भने, बौद्धिक विचारक लाइ लाग्छ कि त्यहाँ तीनवटा प्रमुख सामाजिक सदस्यहरू छन् जसले फरक पार्न सक्छन्। तिनीहरू हुन् बुबा, आमा र शिक्षकहरु जहाँ हामी इमानदारी पाउँछौं।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend