शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

खतिवडाले दिए यस्तो जवाफ

खतिवडाले दिए यस्तो जवाफ

काठमाडौं,असार २८ गते। नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरी अहिलेको स्थानमा पुर् याउन सीता दाहालको अविस्मरणीय भूमिका रहेको बताएका छन् ।
‘प्रायः ठूला नेताका श्रीमतीहरु राजनीतिक विवादमा पर्छन् । तर सीता दाहाल सत्ता राजनीतिमा पनि शालीन, सौम्य, नम्र नारी देखिनुभयो । सबैका यस्तै आमा, श्रीमती थिए भने राजनीतिमा मात्र होइन, सबै क्षेत्रमा सफल हुन्थे,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सांसद खतिवडाले गत उपनिर्वाचनमा कांग्रेसलाई ‘सक’ लागे पनि ‘समाप्त’ नभएको टिप्पणी गरे । उनले भने, ‘गत उपनिर्वाचनले नेपाली कांग्रेसलाई सक बनाएको हो, तर सदाका लागि समाप्त भएको होइन । एउटा नेताले अर्को नेतालाई गाली गरेर पार्टी सकियो भन्ने हीन भावना लिनुपर्ने कुनै कारण छैन । पार्टीभित्र गुट उपगुट होला, नेताहरुलाई यो बाटो गए चाँडै पुगिएला भन्ने लागेको हुन सक्छ । तर बाहिर बुरुक बुरुक उफ्रेर भित्र म्याउँ म्याउँ भन्ने स्थिति आउन दिनुहुँदैन ।’
प्रधानमन्त्रीकी धर्मपत्नी सीता दाहालको निधनका कारण साउन २ मा सरेको केन्द्रीय समिति बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणको विषय उठ्छ कि उठ्दैन भन्ने पत्रकार धमलाको प्रश्नमा खतिवडाले भने, ‘हामी मुलुक कानुनसम्मत मुलुक चलोस् चाहन्छौं । तर हामी अदालतमा विचाराधीन विषय प्रभावित हुने कुनै पनि निर्णय गर्दैनौं । हाम्रा कुनै पनि नेता सभापति, उपसभापति, महामन्त्रीहरु कसैलाई बचाउन वा फसाउने काममा लाग्नुभएको छैन । चुरोमा नपुग्ने कुरा बाहिर प्रचार गर्नुको अर्थ छैन ।’ रिपोर्टर्स नेपालबाट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend