शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

नर्भिकअस्पतालमा नेताहरुको भिड

नर्भिकअस्पतालमा नेताहरुको भिड

खबरब्रेकिंग,काठमाडौं, असार २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन नेताहरु नर्भिकअस्पताल पुगेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरु नर्भिक अस्पतालमा पुगेका हुन्।अहिले नर्भिकअस्पतालमा नेताहरुको भिड लागेको छ ।
६९ वर्षीया दाहालको सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। दाहालको मृत्युको खबर पाएपछि उनलाई श्रद्धाञ्जली र परिवारलाई समवेदना दिन नेताहरु अस्पताल पुगेका हुन्।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलगायतका नेताहरु यसअघि नै अस्पताल पुगेसकेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend