शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर

खबरब्रेकिंग, काठमाडौं, असार २६ गते । सोलुखुम्बुबाट काठमाडौका लागि उडेपछि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुकै लिखु पिके गाउँपालिका वडा नम्बर ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा भेटिएको छ ।

३६ सय ३४ मिटरको उचाइमा हेलिकप्टर दुर्घटना भएको ठाउँमा अहिले आगलागी भइरहेको छ । वडा नम्बर ५ का वडाध्यक्ष ङिमाछिरी लामाले हेलिकप्टर क्षतविक्षत अवस्थामा रहेको बताएका छन् । उनले दुर्घटनास्थलमा प्रहरी पुगिनसकेको जानकारी दिए ।

गाउँलेहरु अहिले घटनास्थलमा पुगेर उद्धारमा जुटेका छन् । हेलिकप्टर र दुर्घटनास्थल हेर्दा हेलिकप्टरमा सवार यात्रुको जीवित उद्धारको सम्भावना कम रहेको उनको भनाइ छ ।

हेलिकप्टरमा ५ जना मेक्सिकन नागरिक र एकजना क्याप्टेन छ । सोलुखुम्बुको लाम्जुरापासमा यसअघि पनि यति एयरको हवाईजहाज दुर्घटना भएको थियो ।

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको हो । सोलुखुम्बुबाट काठमाडौंका लागि उडान भरेको हेलिकोप्टर मंगलबार विहान १० बजेदेखि सम्पर्क विहीन भएको थियो ।

उक्त हेलिकोप्टरमा पाइटलसहित ६ जना यात्रु रहेका छन् । मनाङ एअरको हेलिकप्टरमा पाइलट बाहेक यात्रा गरिरहेका सबै यात्रु विदेश नागरिक भएको खुलेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend