खबरब्रेकिंग, काठमाडौँ, असार २५ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल कम्युनिस्ट आन्दोलनका दूरदर्शी नेता भएको बताएका छन् । सोमबार ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ वितरण समारोह कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन । उनी कम्युनिस्ट आन्दोलनको सिद्धान्त, विचार र दस्तावेजलाई अघि सार्ने नेता भएको उनले बताए ।
पुष्पलाल एक उच्च व्यक्तित्व भएकोको उनी सधैँ जीवित रहने नेपालले बताए । पुष्पलाल राष्ट्रिय पुरस्कारबाट कमल कोइराला, बालचन्द्र विष्ट र गोपालप्रसाद थपलियालाई सम्मान गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend