सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ए सुवा बोलको गीतको भिडियो बजारमा (भिडियो)

ए सुवा बोलको गीतको भिडियो बजारमा (भिडियो)

खबरब्रेकिंग, काठमाडौँ, जेठ २० गते । युवा व्यबसायी तथा गायक गोकुल खरेलको स्वर रहेको ए सुवा बोलको गीतको भिडियो बजारमा आएको छ । जसमा गायक गोकुललाई गायिका समिक्षा अधिकारीको स्वरमा साथ दिएकी छिन् । इञ्जिनियर सागर खरेलका शब्द शृजनामा गायक गोकुल र गायिका समिक्षा सलल बगेका छन् ।

लोकप्रिय संगीतकार दीपक शर्माको संगीत रहेको गीतमा इञ्जिनियर सागर खरेलको शब्द रहेको छ । उदय राज पौडेलको एरेन्ज रहेको सार्वजनिक गीतले सुदुरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमीकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ए सुवा ।

ए सुवा मार्फत एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई कलात्मक रुपमा भिडियोमा निर्देशक उत्तम श्रेष्ठ शिशिरले प्रस्तुत गरेका छन् ।
मोडलद्धय समारिका दाहाल र जोन बमको अभिनय रहेको भिडियोमा प्रेममा रहेको प्रेमील जोडी गज्जबसँग खुलेको देखिन्छ । भिडियोमा समारिका र जोन गज्जबसँग खुलेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend