राम प्रसाद रिजाल
खबरब्रेकिंग, काठमाडौँ, जेठ २० गते । पछिल्लो १० वर्ष नेपालमा हामीहरुको कुरा बुझ्ने , हामीलाई कुरा बुझाउने र मुलधारको पार्टी नेतृत्व एवं युवा पुस्ता बीचको सेतुको काम गर्ने युवा नेतृत्वको खडेरी देखिदै आएको छ ।यही खडेरीको बीचमा नेपालमा एउटा पुस्ता politics is dirty game भनेर हुर्कियो । अहिले सामाजिक सञ्जाल , माइतीघर मण्डला अनि बालुवाटार तिर रचनात्मक रुपमा राजनीतिक ब्यवस्था र सत्ताको विरोधमा उत्रिने युवा पुस्ता नै हो । सक्षम र परिपक्व युवा नेतृत्वको परिकल्पना गर्दै गर्दा मुल पार्टीहरुले युवाहरुलाई जिम्मेवारी दिदै परीक्षण गर्नु जरुरी छ । अहिले युवाहरूले राजनीतिमा आफ्नो स्थान आफै खोज्दैछन् । समय – समयमा हुने रचनात्मक आन्दोलनहरू मार्फत युवा हरू आफैंले मुलधारको राजनीति सँग सँवाद र सहकार्यको आव्हान गर्दैछन । अहिले पनि पार्टीहरूले युवा नेतृत्व निर्माणमा लगानी गरेनन् युवाहरूलाई आफ्नो क्षमता परिक्षण गर्ने अवशर प्रदान गरिएन भने निकट भविष्यमा मुल पार्टीहरूमा एकातिर सक्षम राजनीतिक नेतृत्वकै खडेरी देखापर्छ भने अर्कोतिर युवा नेतृत्वलाई विश्वास नलिदा युवा जनमत भड्किडा एमाले काग्रेस माओवादी जस्ता ठुला दलहरू पतनको रसातलमा कहिले नउठ्ने गरि भासिन सक्छन् । यसरी युवाहरूलाई सदैव पछाडि छाडिदिनु र तिनका मुद्दाको सुनवाइ नहुनुको एउटा प्रमुख कारण मुलधारको नेपाली राजनीतिमा शशक्त युवा प्रतिनिधि नहुन नै हो । पछिल्लो जनगणना अनुसार नेपाल को जनसंख्या मध्ये १५ देखि ४० वर्ष उमेर समुहका जनसंख्या ४५ प्रतिशत छन । मुलधार का पार्टीहरू एमाले काग्रेस माओवादी मा युवा पुस्ताको प्रतिनिधित्व गर्ने युवा नेतृत्व खोज्न चाहिँ दिउँसै टुकी बाल्नु पर्ने अवस्था छ । ६० देखि ७५ वर्षका बा उमेर समुहका ब्यक्ति हरूलाई अहिले हुर्कदै गरेको युवा पुस्ताले आफ्नो नेता मान्न सकिरहेको छैन । त्यसैले युवा पुस्ता तथा जनमत लाई आफु तिर आकर्षित गर्ने खालका नीती नेतृत्व कार्यक्रम योजना रणनीति गतिविधि ल्याउन ढिलो नगर्न म नेकपा एमाले पाट्टी नेतृत्वलाई हार्दिकता सहित निवेदन गर्दछु । साथै एमाले पाट्टी भित्रका रोग हरू धमिराहरू क्यान्सर हरू ऐजेरू हरू नोकरशाही हरू दलालहरू भष्टहरू शोषक सामन्ती हरूको पहिचान गरि जरै सग उखेल्न सके अझ हामी बलियो शशक्त मजबुत जनप्रिय लोकप्रिय स्वच्छ तन्दुरुस्त निरोगी एमाले बनाउन सक्छौ ।रिजाल, एमालेका युवा नेता हुन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend