सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लोसपाले बुझायो ज्ञापनपत्र, माग सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी

लोसपाले बुझायो ज्ञापनपत्र, माग सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी

खबरब्रेकिंग,काठमाडौं, जेठ १९ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरीले ज्ञापनपत्र बुझाएको छ। राजविराज नगरपालिकाले स्थानीय सञ्चालन ऐनविपरीत कर्मचारी भर्ना गरेको बारे कार्यवाहक नगरप्रमुख इसरत परविनलाई ज्ञापनपत्र बुझाएको हो।

लोसपाका राजविराज नगर संयोजक दीपेन्द्रकुमार चौधरीको नेतृत्वमा नेता–कार्यकर्ता नगरपालीका पुगेका थिए । उनीहरुले बुझाएको ज्ञापनपत्रमा बिटौरी जग्गा, कित्ताकाट, गाउँनगर ब्लकका जग्गाको लालपुर्जाका समस्याका साथै किसान, वृद्धवृद्धा, एकल महिला, लामखुट्टेको बढ्दो प्रकोप, भ्रष्टाचार, छाडा पशु चौपाया नियन्त्रण, ऐनविपरीत तोक आदेशमा कर्मचारी नियुक्त, माछाहाटको व्यवस्थापनलगायतका समेत गरी २० बुँदे समस्या उठान गरी अविलम्ब उक्त समस्या समाधान गर्न माग गरिएको छ।

उक्त माग सम्बोधन नभए लोसपाले आन्दोलन चर्काउने ज्ञापनपत्रमार्फत चेतावनी दिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend