शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरवारमा बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरवारमा बस्दै

खबरब्रेकिंग, काठमाडौं, जेठ १४ गते। मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले केहि समय पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएको सञ्चार तथा सूचना प्रविधीमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बैठकमा गणतन्त्र दिवसमा हुने कैद छुट, भोलि सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे छलफल हुन सक्ने बताएको छ। दुवै विषयमा गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केही निर्णय गरेपछि सबै टुङ्गो लागि नसकेकोले आज टुङ्ग्याउने गरी बस्न लागेको एक मन्त्रीले जानकारी दिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend