खबरब्रेकिंग, काठमाडौं, जेठ १२ गते । नेपाल टेलिकमका विभिन्न शाखाहरूमा ‘भ्याकेन्सी’ खोलिएको भन्दै फैलिएको गलत सूचनाको भ्रममा नपर्न नेपाल टेलिकमले आग्रह गरेको छ। गलत सूचना फैलिएको थाहा पाए पछि टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो।
कर्मचारी आवश्यकता सम्बन्धी सूचना गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने कम्पनीले बताएको छ। यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गर्न समेत टेलिकमले अनुरोध गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend