खबरब्रेकिंग, काठमाडौं,जेठ ११ गते। सरकारले काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा दिएको छ। रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको हो ।
उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले एक सूचना जारी गर्दै जानकारी दिएको छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend