सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संघीयता विरोधी शक्ति प्रदेशको अधिकार कटौतीमा लागेः उपेन्द्र यादव

संघीयता विरोधी शक्ति प्रदेशको अधिकार कटौतीमा लागेः उपेन्द्र यादव

धनुषा,जेठ ७ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बताएका छन । नेपालको राजनीतिक तीव्र रूपमा ध्रुवीकृत भइरहेको बताए । जनकपुरमा जसपा निकट प्रेस मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले नेपालमा भइरहेको विकासलाई पछाडि फर्काउन विभिन्न शक्तिहरू ध्रुवीकृत भइरहेको दाबी समेत गरे ।

अध्यक्ष यादवले मधेसमा पनि त्यस्ता शक्तिहरू देखिएको बताउँदै संघीय लोकतन्त्र गणतन्त्रको रक्षाका लागि सबैको सहयोग आवश्यक रहेको बताए । उनले आफ्नो पार्टी संघीयतालाई बलियो बनाउने प्रयास गरिरहेको जिकिर गरे । मधेस सरकारलाई अधिकारविहीन बनाएको टिप्पणी गर्दै उनले संघीयता विरोधी शक्तिले प्रदेशको अधिकार कटौतीमा लागेको बताए ।

देशमा आर्थिक संकटको अवस्था रहेको उल्लेख गर्दै अध्यक्ष यादवले जुन देशमा यत्रो कृषि भूमि, जलस्रोत, जडीबुटीको स्रोत भएको देशमा संकट आउनु नपर्ने नभए पनि उचित नीति नभएको कारण यो अवस्था आएको बताए ।

गुणस्तर शिक्षालाई अगाडि बढाउँदै, कृषिलाई विकसित गरी नेपालमै रोजगारको व्यवस्था गर्नुपर्ने उनले बताए । नागरिकताको समस्या राजनीतिक समस्या बनेको बताउँदै अध्यक्ष यादवले दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा पठाएको तर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई अनुमोदन नगरेको जानकारी दिए । अहिलेका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको विधेयकलाई प्रमाणीकरण गर्न सक्ने भएकाले यसलाई चाँडो अघि बढाउन उनले माग गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend