खबरब्रेकिंग, काठमाडौं, जेष्ठ ३ गते । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले कांग्रेस सहरकेन्द्रित भएको आरोप लगाएका छन्। बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
पूर्वप्रधानमन्त्री गिरिजप्रसाद कोइराला जीवित रहुन्जेल गाउँ गाउँमा पुगेर पार्टीका कुरा बुझ्ने प्रचलन अहिले हराउँदै गएको उनले बताए। प्रथम राष्ट्रपति यादवले नेकपा एमालेसहितका अरु पार्टीले मिसन ग्रासरुट गरिरहँदा कांग्रेस भने शहरमा मात्रै केन्द्रित भइरहेको बताए।उनले अहिले केन्द्रीय समितिमा धेरै सदस्य रहे पनि त्यसको सही सदुपयोग हुन नसकेको बताए।
यादवले निर्वाचनका बेला आधा मात्रै केन्द्रीय सदस्यहरु जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने तर्क गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend