शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

राप्रपा सांसदहरूले रोष्ट्रम घेराउ गरेपछि बैठक १५ मिनेटका लागि स्थगित

राप्रपा सांसदहरूले रोष्ट्रम घेराउ गरेपछि बैठक १५ मिनेटका लागि स्थगित

खबरब्रेकिंग,काठमाडौँ,बैशाख २७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसदहरूले संसद् बैठकमा अवरोध गरेका छन्। उनीहरूले आकस्मिक र विशेष समयको माग गर्दै संसद बैठक अवरूद्ध गरेका हुन्।

सभामुख देवराज घिमिरेले प्रीबजेटमा छलफललाई समयमै सक्‍नुपर्ने भएकाले आकस्मिक र विशेष समय नराखिएको जानकारी दिएपछि राप्रपा सांसदहरूले आफूले बोल्न पाउनुपर्ने भन्दै उठेर विरोध गरेका हुन्।

सभामुखले नियमित बैठक सञ्चालन गर्न शून्य समय अघि बढाएपछि राप्रपा सांसदहरूले रोष्ट्रम घेराउ गरे । त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend