खबरब्रेकिंग, काठमाडौं, बैशाख २६ गते । अबदेखि पशुपति आर्यघाटमा दाहसंस्कारका लागि शव जलाउँदा शुल्क नलाग्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले निःशुल्क शवदाहको व्यवस्था गर्ने भएपछि लास जलाउन पैसा नलाग्ने भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आर्यघाटको विद्युतीय शवदाह गृहमा निःशुल्क दाहसंस्कारको व्यवस्था मिलाइएको जानकारी दिएका छन । दाहसंस्कारका लागि ल्याइने शवलाई थप विद्युतीय शव दाहगृहको व्यवस्था गरी निःशुल्क गर्न लागिएको उनको भनाइ छ । पशुपतिमा हाल दुई वटा विद्युतीय शव दाहगृह रहेका छन् । अब सोही स्थानमा चारवटा शवदाह गृह निर्माण गरिनेमन्त्री किरातीले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend