खबरब्रेकिंग,काठमाडौं, बैशाख, २१गते ।पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडौं ल्याइएको छ।नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा बुधबार बुटवलबाट पक्राउ परेका सन्दीपलाई आज काठमाडौं ल्याइएको हो।
उनलाई रूपन्देही प्रहरीले भैरहवा विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं पठाएको हो। सन्दीपविरूद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि उनी हिजो बुटवलबाट पक्राउ परेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend