खबरब्रेकिंग,काठमाडौं, बैशाख, २१गते । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपा सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) मृत्यु प्रकरणमा गम्भीर प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो गम्भीर प्रश्न उठाएका हुन् । रामराजा श्रेष्ठले सामाजिक सञ्जालमा राखेका धारणाको स्कृनशट राख्दै बस्नेतले ९ बुँदामा प्रश्न उठाएका छन् ।
उनले पूरै चुनावी प्रचारमा हिँडेका शम्भु सम्भवतः पुरै निगरानीमा रहेको र रक्सी कहाँबाट किने, कसले किनिदियो ? बिहान ४ बजेसम्म पूर्व गृहमन्त्रीको घरमा कसरी रक्सी खाए ? लगायतका विषय उठान गरेका छन् । एमाले नेता बस्नेत पूर्वमन्त्रीसमेत हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend