खबरब्रेकिंग, काठमाडौं, बैशाख १८ गते। नेकपा माओवादी केन्द्रका युवा नेता श्रीधर खनालले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका छन । आज उनले आफनो आधिकारिक फेसबुकमा पोष्ट गर्दै शुभकामना ब्यक्त गरेका हुन । श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चिताले मात्र देशको विकास हुन सक्ने उनको भनाई छ ।
उनले लेखेका छन् , ”१३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दै निरन्तर आफ्नो कर्म क्षेत्रमा जुट्ने असङ्ख्य श्रमिकप्रति सम्मान प्रकट गर्न चाहन्छु । ‘सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम लगायतका हकअधिकारको स्मरण गराउने गौरवशाली दिनका रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसका रूपमा मनाइन्छ ।देशमा श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा विकास हुन सक्दैन । सम्पूर्ण मजदुर तथा श्रमिक नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना तथा बधाई ज्ञापन गर्दछु ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend