शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

महावीर पुनको मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमीका लागि आग्रह गर्दछुः विश्वप्रकाश शर्मा

महावीर पुनको मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमीका लागि आग्रह गर्दछुः विश्वप्रकाश शर्मा

खबबरब्रेकिंग, काठमाडौं ,बैशाख १७ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आन्दोलनरत महावीर पुनसँग तत्काल संवाद गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा लेखदै उनले यस्तो बताएका हुन ।

उनले लेखेका छन्, ‘आविस्कार केन्द्र स्थापना गरेर रास्ट्रका लागि महत्त्वपूर्ण योगदान गरिरहनु भएका व्यक्तित्वको कदर गर्दै सम्माननीय प्रधानमन्त्रीलाई उहाँका मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमीका लागि आग्रह गर्दछु ।’

आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका विभिन्न माग राख्दै गत शुक्रबारदेखि महावीर पुनले काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend