शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

लोकतन्त्रको मूल्य मान्यताविपरीत गठबन्धन खडा गरिएको छः ईश्वर पोखरेल

लोकतन्त्रको मूल्य मान्यताविपरीत गठबन्धन खडा गरिएको छः ईश्वर पोखरेल

खबरब्रेकिंग, काठमाडौं वैशाख १३ गते । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनले देश धराशायी बनाउने गरी गलत दिशातर्फ लगिरहेको आरोप लगाएका छन ।
मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । यस्तो परिस्थितिमा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता उनले औंल्याए । राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचारबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने पोखरेलको भनाइ छ । उनले भने, ‘एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरीत गठबन्धन खडा गरिएको छ । जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend