सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बुढेसकालमा बाऊ आमा प्रति छोरा -छोरिको धारणा

बुढेसकालमा बाऊ आमा प्रति छोरा -छोरिको धारणा

भक्त के सी

खबरब्रेकिंग,काठमाडौँ, बैशाख ९ गते। बुढेसकालमा बाऊ आमा प्रति छोरा छोरिको धारणा , अहिलेको युवा पिडि बा–आमाको योगदानको कदर समेत गर्न सक्दैनन् हामीले भनेको मान्नु पर्छ । के गरौ र अर्का का बाऊले कति घरजग्गा जोडे सम्पति जोडे के गरौ तिमीले सम्म भनेको सुनिछ । पडाए लेखाएर आफ्नो खुटामा उभ्याए पनि आफ्नो जिम्मेवार कर्तब्य दैनिकी के भन्ने नै थाहा छैन ।आफु भन्न्दा धनि को नक्कल गर्ने कमाउनु भन्न्दा गुमाउन सिक्कने , देखासिकी सजिलो बाटो रोज्ने एकछिन उम्किनकालगि झुट बोल्ने टार्ने अपरिपक्व बन्ने अधिकाम्स युवामा देखिएको छ ।छोरा छोरी जन्माएर, हुर्काएर, बढाएर, पढाएर योग्य नागरिक बन्नलान भन्दा उल्टो उपदेश सुन्नु पर्छ ,जसरि नि धनि हुनु पर्थ्यो मौका पाउदा किन चौका नहानेको पो भन्छन कति छिटो कस्तो पापी जमाना आयो । बूढा–बूढीका हात–पाखुरा चलुन्जेल, खल्ती खाली नहुन्जेल र आफै केही गरेर बाँच्न सकुन्जेलसम्म त ठीकै छ । ओज र पोज पनि रहन्छ । नसक्ने भएपछि त सबैका लागि बोझ बनिँदो रहेछ । प्रशस्तै सम्पत्ति भएका, सामाजिक प्रतिष्ठा पनि आर्जन गरिसकेका चर्चित एक वृद्ध दम्पतीको गुनासो हो यो ।पेन्सनपट्टा नभए पालिन गाह्रो रहेछ बाबु, पाल्दा रहेनछन् आजकालका छोरा बुहारीले पनि । पेन्सन छ ,धन्न त्यतिले पालिएको छु । पेन्सन आउने नभए केको पाल्थे ? पाल्दैनथे । यस्ता गुनासा सुनी साध्य छैन । सबैका पीडा उस्तै छन् । सम्पत्ति भएका दम्पती र पेन्सनपट्टा रहेका परिवारमा पैतृक सम्पत्ति चाहिने र लिने, बाबु–आमालाई चाहिँ बोझ सम्झने चलन चल्यो विछट्टै ।धन सम्पत्ति नभएका विपन्नको पीडा त झन् कही साध्य र सही साध्य हुँदैन । विधवा वा विदुर हुन परेर एकल भएपछि त झन् मानसिक यातना सहेर बस्ने हो दिनदिनै, चौपट्टै । दुई छाक रुखो–सुखो खान दिँदा पनि वचन लगाउँछन्, बेसहारा अशक्तलाई सडकबाट टिपेर ल्याएर पालेजस्तो गर्छन् । सुन्दा सुन्दा मुटु हल्लिने अवस्था आयो ।भत्केको मन, कमजोर तन लिएर बाँच्न विवस छन् यो देशका ज्येष्ठ एवं अनुभव, ज्ञान र सीपले उत्कृट नागरिक । सिप सिकौं भन्न खोज्दा मलाई सिकाउने तिमीहरुलाई भन्दा मलाई थाहा छ भन्ने रुखो बचन सम्म फर्कन्छ भन्नु भयो । सन्तानलाई सबल र सक्षम बनाउन जिउ ज्यान घोटेर थला परेको र खिइएको ज्यान हो यो भने ।
असल, कुशल र योग्य बनाइसकेपछि योग्य कुसल नागरिक बनेर व्यापारमा सघाउलान्, बूढेसकालमा सेवा सुसार पनि गर्लान् भन्ने सोचेर नहुने रहेछ ।अंश र वंशको बदनाम गरेमा ठूलो भइने सोच पलाएर हो, बुझ्नै गाह्रो हुन थाल्यो ।
वृद्ध बाबुआमालाई भीरमा लगेर फाल्ने डोको फर्काएर ल्याउन भनेछ नातिले । किन चाहियो भनेर बाबुले सोध्दा भोलि फेरि मैले हजुरलाई फाल्नका लागि पनि चाहिएला नि, भनेर दिएको जवाफ बिर्सेजस्तो छ धेरैले । अघिल्लो पुस्तालाई सम्मान गरेमा पछिल्लो पुस्ताबाट पनि पाइन्छ, नत्र पाइन्न, हेला भइन्छ भन्ने कुरा । बाबुआमा भनेका त अनुभव, सीप, ज्ञान र परिपक्वताका भण्डार नै हुन् । र हुन् जीवित देवीदेवता, उनीहरूलाई गरेको आदर र उचित स्याहार सुसारले घरपरिवारको प्रतिष्ठामा आँच आउँदैन, अभिवृद्धि नै हुन्छ । पितृदेवो भवः, मातृदेवो भवः, गुरुदेवो भवः त्यसै भनिएको हैन, छैन । माता, पिता र गुरुको सेवा गर्ने कुरा सामान्य हैन, सेवा गर्न पाउनु पनि सौभाग्यको विषय मानिनुपर्ने हो । तर पश्चिमी विकृत संस्कृतिको प्रभावले प्राप्त वरदानलाई पनि अभिशाप मान्न थालिएको छ । जो साह्रै दुःखद् छ ।

एकजना अबिबाहित जापानिज प्रोफेसर हेजो सुजुकीले भन्नु हुन्थ्यो बिबाह नगर्नुको कारण आर्थिक बोझ, स्वतन्त्रता गुमाउने र घरको कामसँग सम्बन्धित समस्याका कारण विवाह गर्न चाहँदैनन्। वृद् अबस्थामा अपहेलित हुनु पर्छ । दुत्कार ,तिरस्कार पनि सहन नसक्दा सुन्नु भोग्नु पर्छ ।जस्तै काम, घरायसी काम, छोराछोरी हुर्काउने र वृद्ध आमाबाबुको हेरचाह।” धेरै पुरुषहरूले “अस्थिर रोजगारी” वा “विवाहित जीवन कायम राख्न कमाउने शक्तिको कमी” लाई उद्धृत गरे।बिबाह बन्धनमा हुने जापानी मानिसहरूमा उनको धराणा नकारात्मक थिएन ।साना बच्चाहरूको जीवनमा आमाबाबु सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरू हुन्। आमाबाबुहरूमा आमा र बुबाहरू, साथै अन्य हेरचाहकर्ताहरू समावेश हुन्छन् जसले आमाबाबुको रूपमा काम गर्छन्। जन्म देखि, बच्चाहरु लाई खुशी र स्वस्थ हुन, र राम्रो संग हुर्कन र विकास गर्न को लागी आवश्यक हेरविचार प्रदान गर्न मातापिता मा निर्भर गर्दछ।तर हुर्केका युवाहरुले पितृ भैसकेका माता पिता को वास्ता गर्दैनन् भन्नु भयो ।
गरीब देशका बुढापाका पीडित छन् ।जस्तै नेपाल , मान्छेहरुमा बाचुञ्जेल उसका दुःखहरुमा कसरी मौनता साँध्छ ? र मृत्यु पश्चात एकाएक मानवता, संवेदना कसरी जाग्दछ ? प्रेमप्रसाद आचार्यको एउटै घटनाबाट नेपाली समाजको बदलिँदो चरित्र प्रष्ट हुन्छ ।मृत्यु पश्चात प्रेमप्रसादले पाएको साथ, सहानुभूति बाँच्दाको बखतमै पाएको भए व्यवहारले थिचिएका उनी साहसका साथ उठेर जीवन जिउथे । प्रेमप्रसाद मात्रै होइन, अभिभाबक बनेर शिक्षा दिक्ष्या दिएर आफै गर्न गराउन सक्नेका सन्ततिको पनि तेही हालत देखिन्छ । बृद्हरु पिडा कहाँ गएर पोख्ने ? आधुनिक आमाबाबुसँग सम्पूर्ण इन्टरनेट उनीहरूको अधिकारमा छ र कुनै एकल अधिकारलाई पछ्याउँदैन। कसलाई विश्वास गर्ने भनेर जान्न गाह्रो छ।नेपालमा सहरी विकास सगै विशेषगरी ग्रामीण क्षेत्रका वृद्धवृद्धाहरू निरक्षर हुने, आम्दानीका सीमित स्रोतहरू र कमजोर स्वास्थ्य र पोषण भएकाले संक्रामक र दीर्घकालीन रोग दुवैको बोझ बढ्दै गएको छ र थप रूपमा, उनीहरू सामान्य स्वास्थ्य र सामाजिक सेवाहरूमा पहुँचको अभावमा छन्।
पालन पोषण चाहिने बेलामा हेर्ने कोहि हुदैन भए पनि मुखले ठिक्क ब्यबहारले दिक्क हुन्छन । यो ज्येष्ठ नागरिक ऐन, २०६३ (२००६) नेपालको संसदले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा र उनीहरूमा निहित ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी उनीहरूप्रतिको विश्वास, सम्मान र सद्भाव अभिवृद्धि गर्ने सम्बन्धमा तत्काल व्यवस्था गर्न बनेको हो। तर लागु भा होइन छैन । नेपालमा वृद्धहरूको लागि दैनिक समस्याहरूमा शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, उमेरवाद, र आर्थिक असुरक्षा समावेश छ र आफ्नै सन्तानको लागि उसैको कारिन्दा बन्नु पर्ने देखिन्छ । होइन भन्ने खबरदारि हुन्छ ।बुढेसकालमा हुने सामान्य अवस्थाहरूमा श्रवणशक्ति घट्ने, मोतियाबिन्दु र अपवर्तक त्रुटिहरू, ढाड र घाँटीको दुखाइ र ओस्टियोआर्थराइटिस, क्रोनिक अवरोधक फुफ्फुसीय रोग, मधुमेह, डिप्रेसन र डिमेन्सिया समावेश छन्। मानिसहरूको उमेरको रूपमा, उनीहरूले एकै समयमा धेरै अवस्थाहरू अनुभव गर्ने सम्भावना बढी हुन्छ। युवा पिडिले महसुस तब गर्ला जब आफु त्यो उमेरमा पुग्ला ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend