सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो बीच भेटवार्ता 

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो बीच भेटवार्ता 

 

१० पुष, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो सहित दूतावासका उच्च पदस्थ पदाधिकारी बिच भेटवार्ता भएको छ।

 

 

मङ्गलवार भएको सो भेटवार्तामा उहाँहरू बीचमा आपसी हित र द्विपक्षीय चासोका विषयमा कुराकानी भएको नगरपालिकाले जनाएको छ । सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाबाट भए गरेका कामका बारेमा राजदूतलाई सङ्क्षिप्त जानकारी गराउनुभएको थियो ।

 

उहाँले नगरपालिकाबाट भइराखेको फोहरमैला व्यवस्थापन, खानेपानी, रोजगारी सिर्जना, सूचना प्रविधिको उपयोग, भगिनी सम्बन्ध लगायतका विषयमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि राजदूतलाई अवगत गराउनुभएको थियो । सोहि अवसरमा कार्यवाहक राजदूत ताकाहिरोले नगरपालिकाद्वारा आयोजित स्थानीय उत्पादन प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।

 

नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्षहरू नरेन्द्र श्रेष्ठ, घनश्याम लुइँटेल, प्रल्हाद रिजाल ,श्रीकृष्ण खत्री एवं शिक्षा शाखा प्रमुख सुजन खनाल ,प्रशासन प्रमुख दामोदर रिजाल लगायतको सहभागिता रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend