७ पुष, काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आगामी बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको छ ।
उहाँका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend