शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

२ पुष,काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।  बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ ।

 

त्यस्तै बिहान साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा छलफल हुनेछ ।

 

त्यस्तै बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend