सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

समाजसेवी पोखरेलको सक्रियतामा जेहन्दार विद्यार्थीलाई तीस लाख आर्थिक सहयोग 

समाजसेवी पोखरेलको सक्रियतामा जेहन्दार विद्यार्थीलाई तीस लाख आर्थिक सहयोग 

समाजसेवी पोखरेलको सक्रियतामा जेहन्दार विद्यार्थीलाई तीस लाख आर्थिक सहयोग

 

२५ मंसिर,काठमाडौँ। समाजसेवी सेवक पोखरेलको सक्रियतामा गरिब तथा जेहन्दार पचास विद्यार्थीलाई रु तीस लाख आर्थिक सहयोग गरिएको छ । हेल्पिङ ह्याण्डस् फर नेपाल, बेल्जियमले आइतबार विभिन्न स्थानमा अध्ययन गरिरहेका ५० विपन्न तथा जेहन्दार विद्यार्थीलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

 

उक्त रकम संस्थाका अध्यक्ष बेल्जियम नागरिक एलेन ह्युगेन र नेपालका लागि देशीय निर्देशक एवम् समाजसेवी सेवक पोखरेलले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । उक्त संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा विगत १२ वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ ।

 

देशीय निर्देशक एवम् समाजसेवी पोखरेलका अनुसार उक्त संस्थाले दुर्गम क्षेत्रमा बसोबास गर्ने आर्थिक स्थिती कमजोर भएका विद्यार्थीलाई आर्थिक सहयोग गरी डाक्टर तथा ईन्जिनीयरसमेत उत्पादन गरिसकेको छ ।

 

यस संस्थालाई युरोपबाट नेपालमा ल्याउन समाजसेवी पोखरेलले भूमिका खेल्नुभएको हो । उक्त संस्थाले बार्षिक रुपमा ७०० विद्यार्थीलाई शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

 

राष्ट्रिय विपत्तीका समय तथा अन्य समयमा समेत उक्त संस्थाले आर्थिक रुपमा विपन्न वर्गलाई खाद्यान्न तथा लत्ताकपडा समेत निरन्तर सहयोग गर्दै आएको छ । उक्त संस्था बेल्जियमको ब्रसेल्समा दर्ता भई सञ्चालनमा रहेको छ । सो संस्थामा युरोपियन नागरिक बाहेक नेपालका पोखरेलमात्र संस्थाको वोर्ड अफ डाइरेक्टर हुनुहुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend