शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

२४ मंसिर, काठमाडौं । संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ । सोमबार बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक सिंहदरबारमा बस्ने छ ।

बैठकमा विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्न लागेको छ । दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल गर्ने तयारी छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend