सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाललाई असफल राष्ट्र बनाउन राजनीतिक दलहरुले भूमिका खेलिरहेको छः प्राध्यापक डा. आचार्य

नेपाललाई असफल राष्ट्र बनाउन राजनीतिक दलहरुले भूमिका खेलिरहेको छः प्राध्यापक डा. आचार्य

२३ मंसिर, काठमाडौं । संयुक्त राष्ट्र संघका लागि नेपाली पूर्व राजदूत तथा प्राध्यापक डा. जयराज आचार्यले नेपाललाई असफल मुलुक बनाउनमा कर्मचारीतन्त्रले नभई राजनीतिक दलहरुले भूमिका खेलिरहेको बताउनु भएको छ ।
नवनियुक्त राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृतहरुको सम्मानमा सेडेप नेपाल (नेम) ले  हिजो काठमाडौंमा आयाजना गरेको कार्यक्रममा बोल्दै प्राध्यापक डा. आचार्यले यस्तो बताउनु भएको हो ।
कर्मचारीतन्त्रमा राजनीतिक दलका विभिन्न संघ, संगठनहरुको प्रभावका कारण कर्मचारीको वृत्ति विकासमा समस्या हुने गरेको साथै चाहे जस्तो प्रतिफल दिन नसकेको हुँदा दलका संघ, संगठन खारेज हुनुपर्ने आचार्यको भनाई छ ।
डा. आचार्यले जनतालाई छिटो, छरितो र प्रभावकारीरुपमा सार्वजनिक सेवा प्रवाह गर्न कुनै दाग नलाग्ने गरी इमान्दारीपूर्वक कर्तव्यनिष्ठ भएर जनताको सेवामा लाग्न नवनियुक्त शाखा अधिकृतहरुलाई अनुरोध गर्नु भयो ।
शाखा अधिकृतहरुको तलबमान निकै कम रहेका बताउँदै डा. आचार्यले कर्मचारीतन्त्रको आकार घटाएर भएपनि तलबमान कम्तीमा ६० हजार बनाउनु पर्ने सुझाव दिनु भयो ।
सेडेप नेपालले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा, राजश्व तथा लेखापरीक्षण सेवा, न्याय सेवा र परराष्ट्र सेवाका नवनियुक्त शाखा अधिकृतहरुलाई सम्मान गरेको हो । सेडेप नेपाल विगत १८ बर्षदेखि सरकारी सेवाका प्र्रवेशको लागि सहजीकरण तथा मार्ग निर्देशन गर्दै आएको छ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend