मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सर्वनाममा नाटक कुमारजी आज्ञा गर्नुहुन्छः बलात्कार विरुद्व गोमाहरुको विद्रोह

सर्वनाममा नाटक कुमारजी आज्ञा गर्नुहुन्छः बलात्कार विरुद्व गोमाहरुको विद्रोह

खबरब्रेकिंग,काठमाडौँ पुस १५ गते । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ुकुमारजी आज्ञा गर्नुहुन्छु मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन्‌ । ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो ।
महिला तथा बालबालिकामा हुने हिंसाको विषयमा केन्द्रित रहेको नाटकले आँखै अगाडी हिंसा हुँदा पनि चुपचाप रहने समाजको प्रवृत्तिमाथि व्यङ्ग्य गरेको छ । मिथकीय पात्र गोमालाई प्रतिनिधि पात्रका रूपमा उतारेर समाजमा अनगिनत महिला तथा बालबालिका हिंसाको सिकार बन्नु परेको तितो सत्यबारे नाटक बोलेको छ । कथाको लयसँग दृश्यहरूमा अभिनयमा निकै बलियो रूपमा उपस्थिति जनाएको छ। अभिनय, बिम्ब, प्रयुक्त प्रप्स, प्रकाश, चित्रकला र सङ्गीतको निकै सशक्त प्रस्तुति देख्न सकिन्छ ।

नाटकभित्र मिथक र समकालीन समयको संयोजन छ । श्री स्वस्थानी व्रत कथामा सात वर्षिया गोमाको विवाह ७० वर्षीय वृद्धसँग भएको प्रसङ्गलाई लिएर आजको समयसँग यसको लेखाजोखा गरिएको छ । वर्तमानलाई मिथकसँग जोडिरहन सूत्रधार ९ रसिक राज० मार्फत गरिएको संवादले दर्शक दुवै समयप्रति सचेत बनिरहन्छन् । ‘गोमा कहाँ छिन् रु’ भनेर प्रश्न गर्दै गर्दा गोमालाई इङ्गित गदै आम दर्शकतिर गरिएको इशाराले सिङ्गो समाजलाई प्रतिनिधित्व गरिएको छ ।

नाटक हेरेर सामाजिक सञ्जालमा मिसन अधिकारी लेख्छन्, ‘यो नाटकले गम्भीर दर्शकको माग गर्दछ १ नाटक हेरिरहँदा कतै ऐनामा आफ्नै अनुहार त आउँदैन भन्ने भय दर्शकमा पैदा हुन्छ । मनोरञ्जनको लागि मात्र नभएर आफ्नै परिवार, आफ्नै समाजको अँध्यारो पक्षसित परिचित हुन नाटकले अपिल गर्छ । आफैँसित संवाद गर्नलाई हेर्ने हो यो नाटक । ‘

नाटक हेरेपछि दर्शक सरल विक्रम शाह भन्छन्, यो नाटकले म स्वयमनै यो नाटकको पात्र हु भन्ने महसुस गराउँछ। पात्रहरूको परिचय गराउने तरिका निकै नवीन छ। गोमा पात्र अचानक दर्शकहरूबाट उठ्दा निकै तरङ्गित महसुस हुन्छ। नाटकले आफूलाई कोट्याउन बाध्य पार्छ।

नाटकमा सान्सिक प्रोडक्सनको सङ्गीत, निर्मला घिसिङको स्वर, एलिसा तामाङको कोरियोग्राफी र मनोज भण्डारी, सुरज, रसिक तथा शीतलको गीत रहेको छ। पुस ८ गतेबाट मञ्चन भइरहेको नाटकले दर्शकहरूबाट समेत राम्रो साथ पाइरहेको छ। नाटकमा रसिक राज, शीतल थोकर, सुरज पराजुली, आकाश झा, वाइएस पौडेल,‌ बिल बहादुर वि।क, सुरज अधिकारी, सरस्वती दाहाल, आरुष जंग सारू मगर, शू गूँ, एलिसा तामाङ, युनिशा खनाल र विवेक भुसालको अभिनय रहेको छ ।

नाटकले अन्याय विरुद्ध गर्जिनुपर्छ र स्वअस्तित्वको लडाइँ लड्नुपर्छ भन्ने सन्देश छोडेको छ । चित्रकला, गीत सङ्गीत र नृत्यको कुशल संयोजन रहेको नाटक पुस १५ गतेसम्म बिहीबार बाहेक हरेक साँझ ५ बजे र शनिवार दिउँसो १ बजे पनि मञ्चन हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend