खबरब्रेकिंग, काठमाडौं पुस ११ गते । राष्ट्रपति रामचन्द्र पौडेल आज बाग्लुङ जाँदै छन् । बाग्लुङ महोत्सव उद्घाटनका लागि राष्ट्रपति पौडेल त्यस तर्फ जान लागेका हुन् । धौलागिरि बहुमुखी क्याम्पसको मैदानमा गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला आयोजना हुदै छ । दिउँसो १ बजे पौडेलले महोत्सव उद्घाटन गर्ने छन् ।
पुस २१ गतेसम्म चल्ने महोत्सवमा १ सय २० भन्दा बढी स्टल रहने छन् । महोत्सवमा करिब सात लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend