शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै श्रमजीवी पत्रकार संघ, नेपालले थाल्यो हस्ताक्षर संकलन अभियान

श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै श्रमजीवी पत्रकार संघ, नेपालले थाल्यो हस्ताक्षर संकलन अभियान

खबरब्रेकिंग,काठमाडौं, पुस ४ गते ।श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै श्रमजीवी पत्रकार संघ, नेपालले हस्ताक्षर संकलन अभियान थालेको छ । श्रमजीवी पत्रकारको पारिश्रमिक बढाउन सरकारलाई दबाब दिने उद्देश्यले संघको नेतृत्वमा हस्ताक्षर संकलन अभियान थालिएको बताइएको छ ।

काठमाडौंको थापागाउँस्थित हनुमानस्थान नजिकैको धोबीखोला पुल छेउमा सेतो कागज टाँसेर हस्ताक्षर संकलन थालिएको छ ।श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने मागसहित गत मंसिर २५ गते संघले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई अल्टिमेटमपत्र बुझाएको थियो ।

सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिले दुई पटक पत्रकारको तहगत न्यूनतम पारिश्रमिक सिफारिस गरेपनि कार्यान्वयन नभएको संघको गुनासो छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend