शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज नेकपा समाजवादीको सचिवालय बैठक सुरु हुने

आज नेकपा समाजवादीको सचिवालय बैठक सुरु हुने

खबरब्रेकिंग,काठमाडौं, पुस २ गते । आजबाट नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु हुने भएको छ । यसअघि मंसिर २८ गतेका लागि बोलाइएको बैठकमा नेताहरु विदेशमा रहेको भन्दै सारिएको बैठक आजदेखि बस्न लागेको हो ।बैठक केन्द्रीय कार्यालय आलोकनगरमा आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ ।

बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेद्वारको मापदण्ड, पार्टीको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा लगायतमा छलफल गर्ने विभागप्रमुख जगन्नाथ खतिवडाले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend