शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपाली सेनाले विभिन्न पदमा माग्यो कर्मचारी

नेपाली सेनाले विभिन्न पदमा माग्यो कर्मचारी

खबरब्रेकिंग,काठमाडौं, मङ्सिर २९ गते । नेपाली सेनाले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ। सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले प्राविधिक, हवाई तथा विविध सेवा तर्फका पदिक तथा विल्लादार पदहरुमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने दरखास्त आह्वान गरेको हो।

सेनाले सैनिक स्वास्थ्य, सैनिक इन्जिनियरिङ, हवाई सम्भार, पण्डित, लेखा समूहमा गरी १६७ जना कर्मचारी माग गरेको हो। मंसिर २९ गतेदेखि पुस २९ गतेसम्म कर्मचारी माग गरिएको पदहरुमा दरखास्त आह्वान गर्न सकिने छ। दोब्बर दस्तुर बुझाइ माघ ६ गतेसम्म दरखास्त बुझाउन सकिने सेनाले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend