खबरब्रेकिंग, काठमाडौं,मङ्सिर २७ गते । करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । खेतमा रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोडाउने क्रममा करेन्ट लागेर स्थानीय १८ वर्षीय रामरिझन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । करेन्ट लागेर मृत्यु भएका अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय गोल बजारले घटनास्थलमा मुचुल्का तयार पारी मृतकको शव पोस्टमार्टमका लागि रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान लगेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend