खबरब्रेकिंग,काठमाडौं, मङ्सिर १९ गते । गायक सुरज श्रेष्ठको स्वर तथा दीपक शर्माको रचना र संगीतमा बेनी बजारमा बोलको गीत सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो। कुमार केसीको निर्देशन रहेको गीतको भिडियोमा दिनेश काफ्ले र उषा उप्रेतीले अभिनय गरेका छन्।
गीतमा आफूलाई मन परेकी युवतीको प्रेम प्राप्तिको लागि युवकले गरेको प्रयासको भाव उतारिएको छ। अनिल के मानन्धरको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend