खबरब्रेकिंग, अछाम, मंसिर १६ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बाहिर हुँदा अस्थिरता, अराजकता, मनपरितन्त्र मौलाएको बताएका छन । शनिबार साँफेबगरमा अयोजित बाजुरा र अछामको संयुक्त सन्देश सभालाई सम्बोधन गर्दे अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले वर्तमान सरकारले अपराधिहरूलाई संरक्षणबाहेक केही गर्न नसकेको बताए । देश समृद्ध बनाउने उदेश्यका साथ एमाले समृद्धिका लागि संकल्प यात्रामा होमिएको उनको भनाई छ ।
साढे ३ वर्ष एमालेको सरकार हुँदा देशमा विकासको लहर चलेको भन्दै त्यही लहरलाई कायम राख्न एमाले कटिबद्ध रहेको ओलीले बताए। उनले यात्राका क्रममा विभिन्न ठाउँका कला, संस्कृति, सभ्यता, पर्यटकीय स्थलहरू, धार्मिक स्थलहरू, कृषि क्षेत्रको स्थलगत अध्ययनपछि ठोस योजना तयार पारेर फेरि एमालेले अभियान सञ्चालन गर्ने बताए।
एमाले नेता भीम रावलको गृह जिल्लामा पुगेर ओलीले आन्तरिक एकताका साथ बिना मनमुटाव एकजुट हुन आह्वान गरे। राष्ट्रियस्तरबाट एमालेले सञ्चालन गरेको अभियानमा गृह जिल्लामा नै भीम रावललाई बोलाइएको थिएन।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend