सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनिय उपलब्धी हासिल गरेको छः स्वास्थ्य मन्त्री बस्नेत

एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनिय उपलब्धी हासिल गरेको छः स्वास्थ्य मन्त्री बस्नेत

खबरब्रेकिंग, काठमाडौं, मङ्सिर १५ गते ।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनिय उपलब्धी हासिल गरेको बताएका छन् । ३६ औं विश्व एड्स दिवसको अवसरमा शुक्रबार दिनु भएको सन्देशमा स्वास्थ्य मन्त्री बस्नेतले सन् २०१० देखि २०२२ सम्म १२ वर्षको अवधिमा नयाँ एचआईभी संक्रमण दर ७७ प्रतिसतले घट्नु र एड्सका कारण हुने मृत्यु ८० प्रतिसतले घट्नु यो क्षेत्रका लागि ठूलो उपलब्धी भएको बताएका छन् । नेपालबाट सन् २०३० सम्म एचआईभी उन्मुलन गर्ने लक्ष्य प्राप्त चुनौतिपूर्ण भएकाले एचआईभी उन्मुलनका लागि समुदायसँग हातेमालो गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको मन्त्री बस्नेतले उल्लेख गरेका छन् ।
यसै बिच शुक्रबार विभिन्न कार्यक्रमका साथ नेपालमा पनि ३६ औं विश्व एड्स दिवस मनाइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend