आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

२३ कार्तिक, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १५ रुपैयाँ कायम भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend