१८ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष डा. तारानाथ लुईटेलले मुलुकको अस्तित्व र स्थायित्वका लागि राजसंस्थाको पुनःस्थापना र वैदिक सनातन धर्मको पुनर्जीवन अपरिहार्य भएको बताएका छन् ।
उनका अनुसार नेपालले भारत र चीनसँग परराष्ट्र नीतिअनुसार सन्तुलित र गहिरो कूटनीतिक सम्बन्ध कायम गर्न सके मात्र दुई ढुंगाबीचको तरुलजस्तो संवेदनशील अवस्थाबाट देश बाहिर निस्कन सक्छ । डा. लुईटेलले मुलुकलाई बचाउन राष्ट्रिय एकता, सांस्कृतिक पहिचान र परम्परागत मूल्यहरूको संरक्षणमा सबैले जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
उनले हालको राजनीतिक अस्थिरता र वैचारिक भ्रमबीच राजसंस्थाको पुनःस्थापना नै मुलुकको स्थायित्व र राष्ट्रिय पहिचानको ग्यारेन्टी हुने दाबी गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend