आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज दिउँसो जनार्दन शर्मा र राम कर्कीको विशेष पत्रकार सम्मेलन

आज दिउँसो जनार्दन शर्मा र राम कर्कीको विशेष पत्रकार सम्मेलन

 

१८ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता जनार्दन शर्मा ‘प्रभाकर’ र   राम कर्कीले आज दिउँसो विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । सम्मेलन ललितपुरको बखुन्डोलस्थित सत्कार फाइनडाइन रेष्टुरेन्टमा दिउँसो २:३० बजे सुरु हुने जनाइएको छ ।

दुवै नेताले हालको राजनीतिक परिस्थितिसम्बन्धी धारणा, पार्टीभित्रको चलिरहेको बहस र आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण वक्तव्य दिने तयारी गरेको स्रोतले जनाएको छ । पार्टीभित्र देखिएका नीति तथा नेतृत्वसम्बन्धी मतभेदबीच हुन लागेको यो पत्रकार सम्मेलनले माओवादीभित्रको वर्तमान अवस्थाबारे स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend