आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री कार्कीको ४ बजे बैठक

सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री कार्कीको ४ बजे बैठक

 

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज आइतबार सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आह्वान गरेकी छिन् ।  दिउँसो ४ बजे बालुवाटारमा बस्ने गरी सातै प्रदेशका मुख्यमन्त्रीलाई जानकारी गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा सङ्घ र प्रदेश सरकारबीच संवाद र सहकार्यलाई थप सघन बनाउनका लागि बैठक आह्वान गर्नुभएको उनका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे,कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण  आचार्यको उपस्थिति रहनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend