सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

१८ औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ आयोजना हुँदै

१८ औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ आयोजना हुँदै

११ मंसिर, काठमाडौं । पर्यटकीय नगरी सौराहामा पौष ११ देखि १५ गते सम्म १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। क्षेत्रीय होटल संघ नेपाल चितवनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

 

सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेस्टुराँ एण्ड बार एसोसिएसन नेपालको सहआयोजनामा महोत्सव हुन लागेको हो।

 

 

महोत्सवका कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटनहरूको आगमनमा वृद्धि हुने गरेको आयोजकले जनाएको छ। पाँच दिनसम्म सञ्चालन हुने महोत्सव अन्तर्गत विभिन्न गतिविधिमा ८० वटा हात्ती सहभागी हुने क्षेत्रीय होटल संघ चितवन सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिनु भयो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend