२ मंसिर, झापा । आज बिहान दमक नगरपालिका–३, दीपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिए ।
निजको घटनास्थलमा नै मृत्यु भएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend