शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज संघीय संसदका चार समितिको बैठक बस्दै

आज संघीय संसदका चार समितिको बैठक बस्दै

  • शुक्रबार, ३० कार्तिक २०८१

३० कार्तिक, काठमाडौं । संघीय संसदका चार समितिको बैठक आज बस्दै छ । का अनुसार आज प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ । त्यस्तै आजै राष्ट्रिय सभा अन्तर्गतको विधायन समिति र सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दै छ ।

बिहान ११ः ३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुमगन बारे छलफल हुने भएको छ ।

त्यस्तै अपराहन्न १ः १५ बजेदेखि बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुने भएको छ ।

त्यस्तै बिहान ११ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुने भएको छ । त्यसैगरी दिनको एक बजे बस्ने सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्‍जको अनुगमन कार्यक्रमको समीक्षा हुने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend