२८ कार्तिक, काठमाडौं । दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ ।
संसद् सचिवालयका अनुसार बैठकमा सहकारी ऐनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल हुने छ ।
त्यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँग छलफल हुनेछ । यो बैठक दिउँसो १ बजे बस्ने छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend