२६ कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरू भएको छ। पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक शुरु भएको छ ।
आजको बैठकमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचन, केन्द्रीय समिति बोलाउने एजेण्डा रहेको प्रवक्ता सापकोटाले बताउनु भयो । यसैगरी सबै स्थानीय तहमा खबरदारी सभा गर्नेबारेमा पनि आजको बैठकले निर्णय लिने सापकोटाको भनाइ छ।
यसैगरी सरकार भ्रष्टाचारी र बिचौलियालाई जोगाउन वर्तमान सरकार लागि परेको प्रचण्डको आरोप छ। आजको बैठकमा आगामी आन्दोलनको ‘मोडालिटी’का बारेमा पनि छलफल हुने बताइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend