सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ऐनमा तत्काल संसोधन आवश्यकः स्वास्थ्य मन्त्री

ऐनमा तत्काल संसोधन आवश्यकः स्वास्थ्य मन्त्री

खबरब्रेकिंग, काठमाडौं, मङ्सिर ११ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शास्त्र अध्ययन गरेका व्यक्तिहरुलाई स्वदेशमै रोजगारी दिने गरि आफुले स्वास्थ्यमा दरबन्दी बढाउन पहल गरिसकेको बताएका छन । नेपाल चिकित्सक संघको आयोजनामा आईतबारदेखि राजधानीमा सुरु भएको तेश्रो एनएमए नेशनल हेल्थ समिटको उदघाटन समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले यस्तो बताएका हुन । उनले चिकित्सा शिक्षा ऐन संसोधन गरेर छिट्टै चिकित्सा शास्त्रमा कोटा बढाइने बताए ।

चिकित्सा शास्त्र पढ्न चाहने विद्यार्थीहरुको चाहना र भविश्यमा हुन सक्ने स्वास्थ्य क्षेत्रको जनशक्ति अभाव हुने अवस्था आउन नदिन ऐनमा तत्काल संसोधन आवश्यक रहेको बताए ।
काम गर्ने जागर कायम रहेकै बेला उमेर हदका कारण अवकास प्राप्त गरेका विज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरुले पनि आफ्नो थप सेवा प्रदान गर्न सकून भन्ने ध्येयले आफूले ३०० बेड भन्दा माथिका अस्पतालहरुमा एमविविएसको पठन पाठन गर्न सक्ने निर्णय गरेर क्याविनेटमा पठाएको मन्त्री बस्नेतले जानकारी दिए।

१०० देखि ३०० बेडसम्मका अस्पतालमा नर्सिड र पारामेडिक्स पठाउन सकिने निर्णय गरेकोले त्यसमा नेपाल चिकित्सक संघले सहयोग गर्नु पर्ने मन्त्री बस्नेतले बताए। राम्रो काम गर्दा गर्दै पनि बदनाम गर्न एक गिरोह पछि लागेको दावी गर्दै राम्रो काम गर्दा कुनैको पनि डर मान्नु पर्ने अवस्था नरहेकोमा जोड दिए। कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले हुने खानेका लागि मात्र नभएर हुदा खानेको लागि पनि स्वास्थ्य सेवा उपलब्ध गराउन लागि परेको बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend