शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बल्खुमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा केही प्रदर्शनकारी घाइते

बल्खुमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा केही प्रदर्शनकारी घाइते

खबरब्रेकिंग,काठमाडौं, मंसिर ७ गते । प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा राजधानीको बल्खुमा केही प्रदर्शनकारी घाइते भएका छन् । दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनका क्रममा झडपमा केही प्रदर्शनकारी घाइते भएका हुन् ।

प्रदर्शनमा केही सामान्य घाइते हुनुका साथै केहीलाई भने अस्पताल पठाइएको प्रदर्शनकारीहरुले बताएका छन् । अभियानका संयोजक दुर्गा प्रसाईँ बल्खुस्थित प्रदर्शनस्थलबाट बाहिरिने बित्तिकै पटक पटक दुई पक्षीयबिच झडप हुँदै आएको छ । झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ भने आन्दोलनकारीले नाराबाजीसहित ढुंगा प्रहार गरिरहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend